शुक्रबार, मंसिर ७ गते २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

    २६ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ ।

    images

    दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । बाह्य क्षेत्रमा सुधार भएसँगै शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले केही नीतिहरु खुकुलो बनाउन सक्ने अपेक्षामा लगानीकर्ता देखिएका छन् ।

    जसले गर्दा दिनभर रातो देखिएको बजार अन्तिम समयमा दोहोरा अंकले बढेर बन्द भएको छ । नेप्सेमा सुधार देखिएपनि मौद्रिक नीति समीक्षाको पखाईमा लगानीकर्ता देखिएका छन् । जसले गर्दा कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।

    बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।


    बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ५.९२ प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ ।

    गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य २.६९ प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार