आइतबार, मंसिर ९ गते २०८१

डिल्लीराम खनालविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा निवेदन

डिल्लीराम खनालविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा निवेदन

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • डिल्लीराम खनालविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा निवेदन

    अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै उनले मंगलवार साइबर ब्यूरोमा​ निवेदन दिएकी हुन् । अभिनेत्री मानन्धर स्वयंमले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी छिन् ।

    फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले  एक अन्तवार्तामा करिश्मा मानन्धर अमेरिकामा रवि लामिछानेसँग ‘लिभिङ टूगेदर’मा बसेको बताएका थिए । 

    करिश्माले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘उहाँ को हो ? यो अत्ति भयो । भइहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भनेर सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेकी छु । हेरौँ, नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुहोस्, म कसरी बसेको थिएँ । लिभिङ टूगेदर ? म हिन्दु हुँ । यो विचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अत्ति भयो । म मेरो संसारमा खुशी छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार