आइतबार, मंसिर ९ गते २०८१

कलाकार पदम पौडेलको निधन, अधुरै रह्यो ७५ वटा फिल्म पुर्‍याउने सपना

कलाकार पदम पौडेलको निधन, अधुरै रह्यो ७५ वटा फिल्म पुर्‍याउने सपना

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • कलाकार पदम पौडेलको निधन, अधुरै रह्यो ७५ वटा फिल्म पुर्‍याउने सपना

    कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । मंगलबार दिउँसो ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित निजी निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । लामो समयदेखि दमको रोगबाट पीडित रहेका उनको मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिँदैछन् । उनी पाँच छोरा र दुई छोरीका पिता थिए ।

    images

    यस वर्ष उनी अभिनीत दुई फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ प्रदर्शनमा आएका थिए । चार वर्ष अगाडि एक अन्तर्वातामा उनले भनेका थिए, ‘नालापानी’सहित ६६ वटा फिल्म भयो । ७५ वटासम्म पुर्‍याउने सोचमा छु । पुर्‍याउन सक्छु पनि । र, मलाई जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ तबसम्म अभिनय गरिरहन्छु ।’ तर, ७५ वटा फिल्म पुर्‍याउने उनको सपना अधुरै बन्न पुगेको छ ।

    सन्तोष पन्तले ‘हिजो आजका कुरा’ सिरियलबाट उनलाई अभिनयमा ब्रेक दिएका थिए । उनको पहिलो फिल्म भने ‘हामी तीन भाई’ थियो, जसमा उनले अभिनेत्री रेखा थापाको बुबा बनेर अभिनय गरेका थिए । चलचित्र कलाकार संघका आजीवन सदस्य रहेका उनले एउटा इटालियन र एउटा फ्रान्सेली फिल्ममा पनि अभिनय गरेका छन् । अभिनयमा आउनुपूर्व उनी शिक्षक र पत्रकार थिए ।

    भारतमा गएर अध्ययन गरेका उनले ६ कक्षामा पढ्दा भारतीय अभिनेता देवानन्दको फिल्म ‘संसार’ ६ पटक हेरेका थिए । उनलाई अभिनयप्रति रुचि त्यही फिल्मबाट पलाएको थियो । अध्ययनकै क्रममा उनले देवानन्दसँग पनि भेट गरेका थिए र त्यसबेला आफूले ‘संसार’ भन्ने फिल्म ६ पटकसम्म हेरेको बताउँदा देवानन्द चकित परेको पौडेलले चार वर्ष अगाडि एक अन्तर्वार्तामा भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार