शुक्रबार, मंसिर ७ गते २०८१

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

    नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ