शनिबार, जेठ ५ गते २०८१

राष्ट्रपतिले माघ २७ मा संसदमा विशेष सम्वोधन गर्ने, जुन बदाई सम्वोधनका रुपमा हेरिएको छ

राष्ट्रपतिले माघ २७ मा संसदमा विशेष सम्वोधन गर्ने, जुन बदाई सम्वोधनका रुपमा हेरिएको छ

अखबार दैनिक
मंगलबार, माघ २४ २०७९
  • राष्ट्रपतिले माघ २७ मा संसदमा विशेष सम्वोधन गर्ने, जुन बदाई सम्वोधनका रुपमा हेरिएको छ

    काठमाडौं ।  राष्ट्रपति विधादेवी भण्डारीले संघिय संसदको दुबै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छिन् ।  राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा  राष्ट्रपति भण्डारीले दुबै संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छिन् । उनले उक्त सम्बोधनलाई बिदाई सम्बोधनको 
    रुपमा हेरिएको छ । 

    images

    निर्वाचन आयोगले आगामी फागुन २८ गते  राष्ट्रपकिो निर्वाचन गर्ने घोषणा गरेकाले बिदाई सम्बोधन भनिएको हो ।  राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई  राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन् । 


    यस्तै, प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौ बैठक २९ माघबाट सुरु हुने भएको छ । गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटको बैठक बोलाएको हो । 

    मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनितिक स्थिति र संगठनिक सुद्धढीकरणबारे बैठकका मुख्य एजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टि कार्यलयमा बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार