दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’
दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’
अखबार दैनिक
सोमबार, माघ २३ २०७९
2.9K
Share
दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’काठमाडौ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देबेशकै छ ।
शब्दको भावअनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापालगायत कलाकारको अभिनय छ । म्युजिक भिडियोमा दयाहाङसँग करण पनि देखिएका छन् । दयाहाङसँगको यो सहकार्य दर्शकका लागि उपहार स्वरुप ल्याएको करणले बताए ।