शुक्रबार, मंसिर १४ गते २०८१

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो

अखबार दैनिक
सोमबार, माघ २३ २०७९
  • टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो

    एजेन्सी : टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० पुगेको अन्तरार्ष्ट्रिय मिडियामा समाचार छ।

    images

    टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका छन्। सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ।

    भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ। टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन्। यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार