बुधबार, मंसिर १२ गते २०८१

हेल्मेटसम्म नदिई अग्ला पोलमा चढाइन्छ श्रमिकलाई (तस्वीरहरू)

हेल्मेटसम्म नदिई अग्ला पोलमा चढाइन्छ श्रमिकलाई (तस्वीरहरू)

अखबार दैनिक
सोमबार, माघ २३ २०७९
  • हेल्मेटसम्म नदिई अग्ला पोलमा चढाइन्छ श्रमिकलाई (तस्वीरहरू)

    माघ २३ काठमाडौं । आइतबार बानेश्वरमा सोलारका अग्ला पोलहरुमा सोलार प्यानलको सफाइ चल्दै थियो । सोलार प्यानलमा धुलो जम्मा हुँदा घाम लाग्दा पनि राम्रोसँग ब्याट्री चार्ज नहुने समस्या समाधान गर्न यो जरुरी पनि देखिन्थ्यो ।

    images

    तर, प्यानल सफा गर्न चढेका श्रमिक यति असुरक्षित तवरले काम गरिरहेका थिए, त्यसले जिम्मेवार कम्पनी र निकायहरु श्रमिकहरुको कार्यस्थल सुरक्षामा हुने गरेको लापरवाहीलाई उजागर गरेको छ ।

    329695711_517398197190567_6335637089413777295_n.png
    undefined


    पोलमा एउटा डोरी (सुरक्ष पेटी) समेत नबाँधी र टाउकोमा हेल्मेटसम्म नगलाई पोल चढेका श्रमिक जति बेला पनि दुर्घटनामा परेर तल लड्न सक्ने वा बाक्लो सवारी गुडिरहेका सडकमा बज्रिनसक्ने जोखिम देखिन्छ । पोलमा विज्ञापन राखेर आम्दानी गरिरहेका कम्पनीले प्यानल सफाइमा यति असुरक्षित तवरले श्रमिक काममा लगाइरहँदा कुनै पनि सरकारवाला निकायले ध्यान दिने गरेका छैनन् ।

    329632695_2451708648301055_1183124416904568119_n.png
    undefined


    यसले श्रमजन्य सुरक्षाको मामिलामा सरकारी निकाय कति गैरजिम्मेवार छन् भन्ने स्पष्ट हुन्छ । सरकारले श्रमिकलाई पनि यस्ता सुरक्षा पक्षमा सचेतना दिलाउन पनि काम गरेको छैन ।

    329530018_618888366728714_3669455723133835903_n.png
    undefined
    329526743_1132175467471761_4835458036364548095_n.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार