बुधबार, कात्तिक २१ गते २०८१

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट

अखबार दैनिक
बिहीबार , माघ १९ २०७९
  • कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट

    कालिञ्चोक दर्शनको आइपिओ बिहीबार (आज) बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । 

    images

    आइपिओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकाेमा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । 

    सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ । 

    बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको छ । सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा वितरण गरेको हो ।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्छन् । साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार