शुक्रबार, जेठ ४ गते २०८१

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

अखबार दैनिक
सोमबार, माघ १६ २०७९
  • विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

    १६ माघ, विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।

    images

    सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए ।

    महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

    महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए । मेयर नागेश कोइरालाले भने दुई महिनाको समय मागेका छन् ।

    महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ