बुधबार, मंसिर १२ गते २०८१

यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित)

यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित)

अखबार दैनिक
सोमबार, माघ १६ २०७९
  • यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित)

    काठमाडौं । आज माघ १६ गते शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

    images
    328232356_8748261548580292_7139497721051824031_n.png
    undefined

    लैनचौरस्थित शहीद स्मृति पार्कमा  सोमबार श्रद्धाञ्जली सभा गरेर शहीदको सम्झना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै काठमाडौं महानगरका मेयर बालेन साहले शहीदको फोटोमा माल्यार्पण गरेका थिए । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

    327307974_537635858345134_6145707553623042880_n.png
    undefined

    विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

    328392677_2385112951653440_511778732085444559_n.png
    undefined

     

    328211422_905482977474766_3346395287721649422_n.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार