आइतबार, मंसिर ९ गते २०८१

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष : आज पनि उत्तिकै अर्थपूर्ण लाग्ने यी सात कारण

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष : आज पनि उत्तिकै अर्थपूर्ण लाग्ने यी सात कारण

अखबार दैनिक
आइतबार, माघ १५ २०७९
  • ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष : आज पनि उत्तिकै अर्थपूर्ण लाग्ने यी सात कारण
     

    काठमाडौं । ‘पशुपतिप्रसाद’ रिलिज भएको आज (आइतबार) सात वर्ष पुगेको छ । आज पनि यो फिल्म हेर्दा उत्तिकै मर्मस्पर्शी र बेजोड लाग्छ । दृश्य आख्यानको एउटा बलियो सिर्जनाको रुपमा यसलाई लिन सकिन्छ । बक्स अफिस र समीक्षा दुवै कोणबाट यो फिल्म अब्बल बनेको थियो । यति मात्र होइन, दृश्यभाषाको व्याकरणमा यसले केही मानक कायम राख्यो जुन आजको मितिमा पनि उत्तिकै सान्दर्भिक हुन आउँछ ।

    images

    सान्दर्भिक यस अर्थमा, समाज र व्याकरणसँग जोडिन नसकेको भनेर अधिकांश नेपाली फिल्म पछिल्लो समय आलोचित भइरहँदा यहाँ पशुपतिप्रसादको उक्त क्राफ्ट शैलीलाई प्रस्तुत गरिन्छ । एउटा सरल तर बलियो दृश्यभाषा निर्माण गर्न कस्ता तत्व आवश्यक हुन्छन् भन्ने कुराको बोध यसले गराउँछ । राष्ट्रिय अवार्ड जितेको पशुपतिप्रसाद आजको बिन्दुमा पनि किन सान्दर्भिक छ भन्ने कुराको सिंहावलोकन यहाँ प्रस्तुत गरिएको छ ।

    १. केन्द्रीय कथावस्तु रोचक र सशक्त थियो । मृत्यु भइसकेका बाबुको सपना पूरा गर्न छोराले मरेका मान्छेका लासबाट निस्किएका सामानबाट सपना पूरा गर्नका लागि गर्ने संघर्ष यसको कथावस्तु हो । सपनाको नजिक पुग्नै लाग्दा ऊ मारिन्छ । यसले के कुरा बुझाउँछ भने यदि कथाको मूल आधार बलियो भयो भने यसले दर्शकसँग राम्रोसँग सञ्चार गर्न सक्छ । सबैभन्दा महत्वपूर्ण फिल्ममेकर एउटा सुन्दर आइडियाबाट गाइडेड हुनुपर्छ भन्ने यसले स्थापित गर्छ ।

    २. पात्रको निर्माणमा पात्रको उद्देश्य र लक्ष्य स्पष्ट हुनुपर्छ भन्ने पनि यसले देखाउँछ । फिल्ममा लक्ष्य स्पष्ट छ । प्रमुख पात्रको लक्ष्य बाबुको ५० हजार रुपैयाँ ऋण तिर्ने हो । यसका लागि मुख्य पात्र (प्रोटागोनिस्ट)ले मरेको मान्छेको औंठी र सिक्री भेट्टाउनुपर्नेछ । पात्रले आफ्ना चाहना पूरा गर्न के गरेको छ भन्ने दर्शकसामु प्रस्तुत गर्नुपर्छ । यसकारण पशुपतिप्रसाद स्पष्ट लक्ष्य लेखिएको फिल्म हो ।

    क्ष्यमा अवरोध सिर्जना गर्ने पात्र पनि महत्वपूर्ण हुन्छ । भष्मे डन भन्ने पात्रको लेखन यसको एक उदाहरण हो । भष्मे डन भन्ने पात्रको लक्ष्य पनि पशुपतिप्रसादले जे गर्ने हो त्यही नै छ । कथाको अवरोध तत्व (एन्टागोनिज्म)सँग प्रोटागोनिस्टको लक्ष्य एउटै हुनुपर्छ । तब एन्टागोनिज्मको निर्माण बढी सार्थक हुन्छ । प्रोटागोनिस्ट मात्र होइन गोल स्पष्ट भएको एन्टागोनिस्ट पनि लेखिएको छ । फिल्ममा कथासँगै एन्टागोनिस्ट पनि महत्वपूर्ण छ ।

    ४. फिल्ममा सेटिङ महत्वपूर्ण छ । कुन भूगोलको कथा हो । कुन भूगोलभित्र घटनाक्रम भइरहेको छ भन्ने कुराले अर्थ राख्छ । भूगोल आफैंमा विशेष पात्र हो । त्यो भूगोलले प्रमुख पात्रको जीवनमा असर गरिरहेको छ । पशुपतिप्रसादमा मन्दिर वरपरको पात्रलाई जसरी स्थापित गरियो, त्यो भूगोल आफैंमा स्पष्ट हुनु पनि सार्थकता हो । भूगोल कथाको महत्वपूर्ण पाटो हो । भूगोल सुटिङ गर्ने लोकेसन होइन, यो त कथाको अंग हो ।

    ५. कथाको द्वन्द्व नै के लक्ष्य हो भन्ने कुराले महत्व राख्छ । व्याकरणीय रुपमा यसको बलियो तत्व यसको संरचना निर्माण धेरै हिसाबले मिलेको छ । यस अर्थमा कि त्यो व्याकरणमा महत्वपूर्ण कुरा हुन्छ जहिले पनि लक्ष्यलाई हामीले कथाको केन्द्रमा राख्नुपर्छ । लक्ष्यको नजिक पात्रलाई पुग्ने अवसर दिनुपर्छ । हरेक पात्रलाई लक्ष्य पाउन नजिक पु¥याएर खोस्नुपर्छ । कथाका लागि ‘ट्रयाजेडी’ अति महत्वपूर्ण छ ।

    ६. दर्शक र पात्रबीचको सम्बन्ध । हरेक दर्शकले पात्रलाई चिन्ने परिस्थितिको निर्माण हुनुपर्छ । पात्र पनि मजस्तै मान्छे हुन् भन्ने कुराको अनुभूति हुन पाउनुपर्छ । पशुपतिप्रसाद मरेका बाबुको सपना पूरा गर्न छोराले गर्ने संघर्ष हो । कथा चाहिं बाबु र छोराको सम्बन्धको कथा हो । दर्शक कोही बाबु हुन्छ र कोही छोरा हुन्छ । हरेक दर्शकले बाबुछोराको सम्बन्धलाई बुझ्न सक्छन् । पशुपतिप्रसादमा बुझ्ने आधार स्पष्ट छन् ।

    ७. पशुपतिप्रसादले बजार र व्याकरण दुवैमा सन्तुलन मिलाएको छ । यो गम्भीर दर्शकको लागि पनि रुचिकर थियो, जति मसला फिल्म हेर्ने दर्शकलाई पनि प्रिय थियो । बक्स अफिस र समीक्षात्मक दुवै पक्षमा यसले दर्शकलाई सन्तुलन मिलाउन सक्यो । एकातिर ‘मास’ दर्शकले यसलाई रुचाए, अर्कोतिर गम्भीर दर्शकले पनि हेर्न सुझाए । दुवै ‘स्कुल अफ थट’का दर्शकलाई सन्तुलन मिलाउने कोणबाट यो फिल्मको निर्माण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ