आइतबार, मंसिर ९ गते २०८१

गोविन्दा २४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए

गोविन्दा २४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए

अखबार दैनिक
आइतबार, माघ १५ २०७९
  • गोविन्दा २४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए

    एजेन्सी । भारतीय अभिनेता गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जप गरेको खुलासा भएको छ ।

    images

    गोविन्दाले आफ्नो स्टारडमले सबैलाई चकित पारेका छन् । कुनै समय थियो जब गोविन्दाको नाममा मात्रै फिल्म सुपरहिट हुन्थ्यो । यति मात्र होइन, ठूला कलाकारहरू गोविन्दासँग आफ्नो फिल्म रिलिज गर्न डराउँथे । गोविन्दाले सन् १९८६ मा फिल्म ‘इलजाम’ बाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी १९८६ मा नै फिल्म ‘लभ ८६’ मा देखा परे । गोविन्दाका यी दुवै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए ।


    भारतीय सञ्चार माध्यमका अनुसार सन् १९९२ को फिल्म ‘रोम-कम’ र ‘शोला और शबनम’ बाट गोविन्दालाई कमेडीको राजाको उपाधि दिइएको थियो । आफ्नो करियरमा १६५ भन्दा बढी फिल्मका काम गरेका गोविन्दाले सानै उमेरमा ठूलो सफलता पाए । उनले आफ्नो सफलताको श्रेय सधै आफ्नी आमालाई दिने गरेका छन् ।

    भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्ताको क्रममा गोविन्दाले १४ वर्षको उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेको बताएका छन् । गोविन्दले भनेका छन्, ‘मैले जे पाएँ, आमाबुवाको आशीर्वादले पाएको छु । विशेष गरी म आमाको नाम लिन्छु किनभने म १४ वर्षको हुँदा मेरी आमाले मलाई गायत्री पूजा गर्न भन्नु भएको थियो । मैले २४ लाख गायत्री जप गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर, गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें ।’

    गोविन्दाले २२ वर्षको उमेरमा ५० फिल्म साइन गरेका थिए । भारतीय फिल्म उद्योगमा यस्तो आज सम्म भएको छैन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दाको बारेमा एउटा पत्रिकामा कभर स्टोरी प्रकाशित गरेको थियो । जसमा उनलाई सुनको अण्डा दिने कुखुराको रूपमा वर्णन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ