आइतबार, जेठ ६ गते २०८१

चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक

चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक

अखबार दैनिक
आइतबार, माघ १५ २०७९
  • चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक
     

    काठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक भएको छ । शनिबार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो ।

    images

     

    सार्वजनिक ‘दम दम’ बोलको क्लब गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर रहेको छ ।

    बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

    चलचित्रमा डा।भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

    सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेको चलचित्रको पोष्ट प्रोडक्सन मुम्बईमा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार