आइतबार, जेठ ६ गते २०८१

आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

अखबार दैनिक
शुक्रबार, माघ १३ २०७९
  • आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

    काठमाडौं । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन ।

    images

    पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भागको अन्त्यमा पनि उपासनालाई मात्र चित्रण गर्नु र आर्यनलाई नगर्नुले पनि यो अनुमानलाई बल पुगेको थियो । फिल्मको रिजोलुसनमा उपासनालाई मात्र चित्रण गरिएको थियो ।

    फिल्मको पोस्ट–क्रेडिटमा उल्लेख भएअनुसार दोस्रो श्रृंखलाको छायांकन युरोपेली मुलुक चेक रिपब्लिकको प्रागमा चैत महिनादेखि सुरु हुँदैछ । केही दृश्य मात्र नेपालमा गर्ने जनाइएको छ । आगामी जनैपूर्णिमामा फिल्म रिलिजको तयारी छ । फिल्मलाई निर्माता रामप्रसाद रिजालले आफैं वितरण समेत गरेका छन् ।

    महेश आर गुप्ताको छायांकन तथा लक्ष्मण रिजालको निर्देशन र लेखनमा फिल्म बन्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार