आइतबार, जेठ ६ गते २०८१

अभिनेता अनु कपुरलाई हृदयघात

अभिनेता अनु कपुरलाई हृदयघात

अखबार दैनिक
शुक्रबार, माघ १३ २०७९
  • अभिनेता अनु कपुरलाई हृदयघात

    एजेन्सी । भारतीय अभिनेता अनु कपूरलाई बिहीबार हृदयघात भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हृदयघात भएपछि उनलाई दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । अनु अहिले चिकित्सकको निगरानीमा रहेको र अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । अनुलाई छातीमा समस्याका कारण भर्ना गरिएको भन्दै गंगाराम अस्पतालको व्यवस्थापनले आधिकारिक विज्ञप्ति जारी गरेको छ ।

    images

    उनको जन्म २० फेब्रुअरी १९५६ भोपालमा भएको थियो । उनको वास्तविक नाम अनिल कपुर थियो । तर, बुबाको थिएटर कम्पनीमा आबद्ध भएपछि उनको नाम अनु कपूर राखियो ।

    अभिनेता हुनुका साथै अनु गायक, टिभी होस्ट र रेडियोमा पनि काम गर्दछन् । उनले आफ्नो ४० वर्षको करियरमा १०० भन्दा बढी फिल्मका साथै धेरै टिभी सिरियलमा काम गरिसकेका छन् ।

    अनुले अमिताभ बच्चनको फिल्म ‘काला पत्थर’ बाट बलिउडमा डेब्यु गरेका थिए । तर, उनलाई वास्तविक पहिचान फिल्म ‘उत्सव’ बाट मिलेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार