काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ११ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३८० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।