आइतबार, मंसिर ९ गते २०८१

प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने

प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने

अखबार दैनिक
शुक्रबार, माघ १३ २०७९
  • प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने

    काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    images

    नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा आज उहाँले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।


    महानिरीक्षक सिंहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन÷अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततिमध्ये जेहेन्दार एक जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू एकरएक जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको जानकारी दिनुभयो ।

    उक्त अवसरमा उहाँले नवनिर्मित भवनको निरीक्षण तथा भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पु¥याउने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायब उपरीक्षक निर्मला रायमाझी र प्रहरी नायब निरीक्षक पुलवराज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो ।

    साथै उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायब उपरीक्षक डा अविनाशध्वज जोशी र प्रहरी सहायक निरीक्षक हरिहर थापासमेतलाई पुरस्कार प्रदान गर्नुभयो । नेपाल प्रहरी कल्याण कोषको आन्तरिक स्रोतबाट निर्मित ज्येष्ठ अतिथिगृह भवन कुल रु दुई करोड ८३ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार