आइतबार, जेठ ६ गते २०८१

नाजिर हुसेनको ‘गुलाबी : एक रङ’ वैशाख १५ मा

नाजिर हुसेनको ‘गुलाबी : एक रङ’ वैशाख १५ मा

अखबार दैनिक
बिहीबार , माघ १२ २०७९
  • नाजिर हुसेनको ‘गुलाबी : एक रङ’ वैशाख १५ मा

    काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो ।

    images

    समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरअनुसार फिल्मका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ ।

    नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग संगत गरे । चरित्र निर्माणका लागि उनले क्लबदेखि सपिङ मलसम्म उनीहरुलाई पछ्याए । निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु नीलहीरा समाज र नीति नेपालसँग पनि परामर्श गरेकी छन् । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।

    द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक भट्टले यसअघि रिङरोड र आधापेजजस्ता फिल्म निर्देशन गरिसकेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार