बुधबार, मंसिर १२ गते २०८१

जुम्लामा हिउँ पर्‍यो फुरूरू... (तस्बिरहरू)

जुम्लामा हिउँ पर्‍यो फुरूरू... (तस्बिरहरू)

अखबार दैनिक
बिहीबार , माघ १२ २०७९
  • जुम्लामा हिउँ पर्‍यो फुरूरू... (तस्बिरहरू)

    जुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो।जुम्ला सदरमुकामसहित जिल्लाभर आज पनि हिमपात भइरहेको छ। हिउँपरेपछि विशेषगरी किसानहरु खुसी भएका छन् । हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

    images

    हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस ३.७ रहेको छ ।

    हेर्नुहोस् तस्बिरहरू:

    327293377_912740323227655_3106137383254723835_n.png327204791_1910750432600383_6011957519667020270_n.png327301299_1293705194540383_4052549969360130378_n.png327225390_697738991948324_8122132003174915231_n.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार