आइतबार, जेठ ६ गते २०८१

प्रदिप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक

प्रदिप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक

अखबार दैनिक
बिहीबार , माघ १२ २०७९
  • प्रदिप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक

    काठमाडौं । अभिनेता प्रदीप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक भएको छ । दीपक वलीले निर्देशन गर्ने यस फिल्म प्रदीप मुख्य भूमिकामा छन् भने अन्य कलाकार र अभिनेत्री चयन हुन बाँकी रहेको छ । बुधबार सार्वजनिक उक्त थीम पोस्टर निर्माताले नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् ।

    images

    सार्वजनिक उक्त पोस्टरमा समुन्द्रमा आप्रवासी चढेको पानीजहाज चित्रित छ । दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा फिल्ममा समावेश छ ।

    महेश दवाडीको लेखन रहेको फिल्ममा कृएटिभ डिरेक्टर पूर्ण लामा र कार्यकारी निर्माता सुनील बिष्ट गौली रहेका छन् । चैत्र तेश्रो साताबाट छायांकन सुरु गरिने यस फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन् । एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यस फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार