आइतबार, जेठ ६ गते २०८१

अष्ट्रेलियामा ऋचाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

अष्ट्रेलियामा ऋचाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • अष्ट्रेलियामा ऋचाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड
     

    अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनी अभिनीत सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथमा ऋचा यही बुधबार नेपाल फर्किँदैछिन् । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अष्ट्रेलियामा छिन् ।

    images



    सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको र विभिन्न देशका मेकरले नेपालमा छायांकन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिए । उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन् ।

    यो फिल्मले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ भने विश्वका कयैन् फेस्टिभलमा छनोट भएको छ । पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथावस्तुमा फिल्म निर्माण भएको अशोकले बताए ।

     

    reecha-sharma


    २८ मिनेट अवधिको फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । निर्देशक तिमल्सिना स्वयंको पनि फिल्ममा अभिनय छ । आठ महिना अघि यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भैसकेको छ । नेपालमा सनिस श्रेष्ठ र विदेशमा सुवास गिरीले खिचेको ‘ब्लड मनी’को निर्माता पारस तिमल्सिना हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार