बुधबार, मंसिर १२ गते २०८१

जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू)

जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू)

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू)

    १० माघ, जुम्ला । जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ ।

    images

    हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

    325515183_490427966583488_5158291116911348253_n.png

    हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।

    चन्दननाथ नगरपालिका-८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् । हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस १.४ रहेको छ । हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसमेत पुगेको थियो ।

    तस्वीर : नेत्र शाही

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार