बिहीबार , असोज ३ गते २०८१

नेपालमा निशान म्याग्नाइटका ११ भेरिएन्टको बढ्यो मूल्य, अब कुनलाई कति पर्छ ?

नेपालमा निशान म्याग्नाइटका ११ भेरिएन्टको बढ्यो मूल्य, अब कुनलाई कति पर्छ ?

अखबार दैनिक
सोमबार, माघ ९ २०७९
  • नेपालमा निशान म्याग्नाइटका ११ भेरिएन्टको बढ्यो मूल्य, अब कुनलाई कति पर्छ ?

    नेपालमा लोकप्रिय रहेको निशानको सव फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पका अनुसार एसयूभी म्याग्नाइटका ११ भेरिएन्टको मूल्य ३ लाख रुपैयाँसम्मले बढेकाे हो । 

    images

    कम्पनीले जारी गरेको नयाँ मूल्य सूचीमा एक्सई वेस, एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी अपर डुअल, एक्सभी प्रिमियम मोनो, एक्सभी प्रिमियम डुअल र एक्सएल मिड टर्वोमा २ लाख रुपैयाँले मूल्य बृद्धि गरिएको छ भने एक्सभी अपर मोनो टर्वोमा ३ लाख रुपैयाँसम्म बढाइएको छ । यी कारहरुलाई नयाँ मूल्यमा ३३ लाख ९९ हजार रुपैयाँदेखि ४५ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

    अन्य भेरिएन्टमा एकभी अपर डुअल टर्वोमा २ लाख ९० हजार रुपैयाँ, एक्सभी प्रिमिय मोनो टर्वोमा २ लाख ५० हजार रुपैयाँ र एक्सभी प्रिमियम डुअल टर्वोमा २ लाख ५० हजार रुपैयाँ बृद्धि भएको छ । यी भेरियन्टको मूल्य क्रमश ४६ लाख २४ हजार, ४८ लाख ४९ हजार र ४८ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । 

    निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

    नेपाली बजारमा पछिल्लो समय यस्ता एसयुभीको माग बढिरहेको छ । यसले नेपाली बजारमा सुजुकी ब्रेजा, हुन्डाई भेनस, टाटा नेक्सन र किया सोनेटसंग सिधा प्रतिस्पर्धा गरिरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ