बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्री कप महिला टी–२० को उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम खेल्ने

प्रधानमन्त्री कप महिला टी–२० को उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम खेल्ने

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • प्रधानमन्त्री कप महिला टी–२० को उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम खेल्ने

    प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

    images

    आज भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो । यस्तै आजै भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो ।


    सुनसरीको इटहरीमा रहेको जनता माविको मैदानमा भएको दोस्रो खेलमा एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ १३ दशमलव ४ ओभरमा ४५ रनमै अलआउट भयो ।

    यस्तै पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १ सय ८० रन बनायो । जवाफमा मधेसले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।    

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ