सोमबार, जेठ ७ गते २०८१

भकाभक फिल्म साइन गर्दै विपिन, ‘भगवत् गीता’पछि ‘चलचित्र’मा भित्रिए

भकाभक फिल्म साइन गर्दै विपिन, ‘भगवत् गीता’पछि ‘चलचित्र’मा भित्रिए

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • भकाभक फिल्म साइन गर्दै विपिन, ‘भगवत् गीता’पछि ‘चलचित्र’मा भित्रिए

    नेपाली फिल्ममा कसैको भाग्यले कोल्टे फेरेको छ भने त्यो विपिन कार्कीको हो । अभिनयमा अब्बल हुनु र एकपछि अर्को फिल्म सफल हुँदा उनी मेकरको रोजाईमा परेका छन् । यसै साता फिल्म ‘प्रसाद २’को छायांकन सकाएका उनले दुई दिनको अन्तरालमा दुई फिल्म सम्झौता गरेका छन् । यही बुधबार फिल्म ‘भगवत् गीता’ साइन गरेका कार्कीले शुक्रबार फिल्म ‘चलचित्र’ सम्झौता गरे ।

    images

    सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको ‘चलचित्र’मा अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन् । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठको संयुक्त निर्माण रहने फिल्म नेपालमा फिल्म बनाउन मेकरले गर्नुपर्ने संघर्षको कथामाथि बन्नेछ । कथावस्तुअनुसार फिल्मको नाम अत्यन्त सुहाउँदो छ । रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रडक्सनको ब्यानरमा फिल्म बन्नेछ ।

    अहिले प्रि–प्रोडक्सनमा काम भैरहेको फिल्मको आगामी चैतबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । योभन्दा अगाडि विपिनले ‘भगवत् गीता’ र ‘भष्मे डन २’को छायांकन पूरा गर्नेछन् । यसअघि फिल्म ‘हरि’मा सफल र प्रतीकसँग विपिनको सहकार्य भएको थियो । यो फिल्म व्यवसायिक रुपमा असफल भए पनि समीक्षा अब्बल पाएको थियो । ‘हरि’ विपिनको सम्झनलायक फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ