मंगलबार, मंसिर ११ गते २०८१

काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

    माघ ६काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडान/अवतरण प्रभावित भयो । सोही क्रममा नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए३२० न्यारोबडी जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट भयो । यो खबर अनलाइनखबरमा प्रकाशित भएसँगै सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट एउटै प्रश्न र जिज्ञासा ओइरियो । त्यसो भए जहाज किन भैरहवा वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन ? कतिपय पाठक प्रतिक्रियामा नेपाल जहिले पनि भारतकै भर पर्नु पर्नेसम्मका जिज्ञासा र आक्रोस व्यक्त गरिएका छन् । कतिपय प्रतिक्रियामा, ‘त्यसो भए यी दुई अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो ? भनिएको छ भने कतिपयले सोधेका छन्, निजगढ विमानस्थल किन चाहिन्छ ?’

    images

    यसै जिज्ञासालाई हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग राख्यौं । उनले भने, ‘आज काठमाडौंको जस्तै मौसम भैरहवाको पनि थियो । जसले गर्दा भैरहवामा जहाज अवतरण गर्न सक्ने अवस्था थिएन । त्यसकारण जहाज नेपालको नजिकको सुविधा सम्पन्न विमानस्थल कोलकाता गएको हो ।’ तर, पोखरामा भने प्रविधिमा आधारित भएर जहाजको उडान/अवतरण गर्न सक्ने प्रविधि ‘आईएफआर’ जडान गर्न बाँकी रहेका कारण यो जहाज पोखरा डाइभर्ट हुन नसकेको उनले जानकारी दिए । अर्कोतर्फ पोखरामा पनि आज मौसम भने राम्रो थिएन ।

    हाम्रो अर्को जिज्ञासा थियो, ‘त्यसो भए मौसम सामान्य अवस्था भएको बेला नेपाली आकाशमा रहेको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा भैरहवा वा पोखरा अवतरण गर्न सक्छ ? उनले भने, ‘अवश्य सक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार