बिहीबार , असोज ३ गते २०८१

साढे ७ अर्ब रुपैयाँसम्म पुगेको कारोबार घटेर ३ अर्बमा सीमित, नेप्से २१७८.८१ बिन्दुमा

साढे ७ अर्ब रुपैयाँसम्म पुगेको कारोबार घटेर ३ अर्बमा सीमित, नेप्से २१७८.८१ बिन्दुमा

अखबार दैनिक
बिहीबार , माघ ५ २०७९
  • साढे ७ अर्ब रुपैयाँसम्म पुगेको कारोबार घटेर ३ अर्बमा सीमित, नेप्से २१७८.८१ बिन्दुमा

    सेयर बजारमा केही दिन अघिसम्म उच्च वृद्धि देखिएको दैनिक कारोबार घट्न थालेको छ। गत पुस २६ गते साढे सात अर्बसम्म पुगेको कारोबार रकम बजारको दिशा अनिश्चित भएसँगै घटेर ३ अर्बमा सीमित भएको छ।

    images

    बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ पुगेको छ।  यस दिन २४६ वटा धितोपत्रको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको हो।

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.७१ अंकले बढेको छ। आज नेप्से ०.२६ प्रतिशतले बढेर २१७८.८१ बिन्दुमा पुगेर बन्द भएको छ। बिहीबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४८ रुपैयाँ २० पैसा पुगेको छ। 

    यस्तै, मैलुङ खोला जलविद्युतको सेयर मूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४९८ रुपैयाँ ४० पैसा कायम भएको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८.८९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २ पैसामा झरेको छ।

    सर्वाधिक मूल्य घट्ने दोस्रो कम्पनीमा लक्ष्मी लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ। 

    यस दिन उक्त कम्पनीको ८४५ रुपैयाँमा १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१९ प्रतिशतले बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५८४ रुपैयाँमा १२ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ। यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको हो। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ