बिहीबार , असोज ३ गते २०८१

पुससम्म काठमाडौं महानगरले उठायो साढे ४ अर्ब बढी राजस्व

पुससम्म काठमाडौं महानगरले उठायो साढे ४ अर्ब बढी राजस्व

अखबार दैनिक
बिहीबार , माघ ५ २०७९
  • पुससम्म काठमाडौं महानगरले उठायो साढे ४ अर्ब बढी राजस्व

    माघ ५ काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको हो ।

    images

    महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ