सोमबार, जेठ ७ गते २०८१

‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित

‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित

अखबार दैनिक
बुधबार, माघ ४ २०७९
  • ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित

    माघ ४ काठमाडौं । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् ।

    images

    माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिए,योसँगै फिल्ममा प्रमुख कलाकारको समीकरण पूरा भएको छ । जनकपुर र मनाङ आसपासमा छायांकन हुने फिल्ममा स्थानीय कलाकार पनि सहभागी हुनेछन् ।

    सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको समेत निर्माता थापाले जानकारी दिए । ‘अहिलेसम्म उक्त मितिमै आउने योजना छ,’ निर्माता थापाले अनलाइनखबरसँग भने, ‘सुटिङ हुँदै गर्दाको परिस्थितिमा रिलिज डेट निर्भर हुनेछ ।’

    फिल्मलाई अभिनेत्री सुहाना थापा सीईओ रहेको त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार