सोमबार, जेठ ७ गते २०८१

चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा

चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा

अखबार दैनिक
बुधबार, माघ ४ २०७९
  • चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा

    काठमाडौं । चलचित्र ‘सरी मम’ विभिन्न अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा आउने भएको छ ।

    images

    चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफरहरू राखेका हुन् । चलचित्र भोलि बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ ।

    चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको बताइएको छ । अर्का अफर चाहिँ चलचित्रको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।

    एनएफआई क्रियशनको ब्यानरबाट बनेको चलचित्रका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन्,.नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

    चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । 

    लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार