सोमबार, जेठ ७ गते २०८१

सविन र रीमाको मुख्य भूमिकामा चलचित्र ‘सिड्नी’ बन्ने

सविन र रीमाको मुख्य भूमिकामा चलचित्र ‘सिड्नी’ बन्ने

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • सविन र रीमाको मुख्य भूमिकामा चलचित्र ‘सिड्नी’ बन्ने

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको हो । यस चलचित्रमा दुई मुख्य पात्र अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रीमा विशवकर्मा रहेका छन् ।

    images

    आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा चलचित्र निर्माणको घोषणा गरिएको हो । देवकुमार श्रेष्ठले निर्देशन गर्ने यस चलचित्रको छायांकन २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा नै हुने छ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई समेटिने र अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ ।

    युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरिबहादुर घलेले छायांकन गर्ने छन् । अम्बर रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार