आइतबार, मंसिर ९ गते २०८१

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।

    images

    मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहेका पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

    एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार