आइतबार, मंसिर ९ गते २०८१

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् ।

    images

    मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् । उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् ।

    राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् । कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन् ।

    यो रणनीति अन्तर्गत आँखाको उपचारलाई थप गुणस्तरीय बनाउँदै सेवाग्राहीमैत्रि बनाउने सरकारी योजना सामेल छ । आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार