मंगलबार, मंसिर ११ गते २०८१

न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन

न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन

    काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ ।

    images

    मंगलबार गिरीकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्नुभएको हो । न्यायाधीश गिरीकी श्रीमती रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गर्नुभयो । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गर्नुभएको छ ।


    प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुदद नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाई नभएको बताउनुभयो । उहाँले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिनुभयो । उहाँले आफू काका शसुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको बताउनुभयो ।

    त्यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाउनुभयो । उहाँले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषदले लिन नमानेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार