सोमबार, जेठ ७ गते २०८१

जितुको स्पष्टिकरण- ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ गरेको होइन

जितुको स्पष्टिकरण- ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ गरेको होइन

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • जितुको स्पष्टिकरण- ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ गरेको होइन

    जितुको स्पष्टिकरण- ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ गरेको होइन’

    images

    हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’को अवसानपछि कलाकार जितु नेपालले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहमा मिसिएर फिल्ममा काम गर्न सुरु गरेका थिए । यो समुहको पहिलो फिल्म ‘६ एकान ६’देखि पछिल्लो फिल्म ‘६ माया छपक्कै’सम्म आइपुग्दा उनी टुटेनन् । तर, एक घटनाले गर्दा दीपक-दीपाको समुहबाट जितु बाहिरिन पुगे । ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा उनी छैनन् ।

    जितुले आफ्नो शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट महानायक विवादका कारण दीपाश्रीलाई निकालेर करिश्मा मानन्धरलाई लिएपछि त्यसको पैंचो स्वरुप उनी पनि ‘छक्का पञ्जा’ समुहबाट निकालिएका हुन् । उनी विनै दीपक-दीपाको समुह फिल्म बनाउन कसिएपछि जितुले पनि बाहिरी ब्यानरको फिल्म ‘ह्यारी कि प्यारी’मा अभिनय गरे, जुन यही माघ २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

    यतिबेला मोफसल यात्रामा रहेका उनले चितवनमा पत्रकारसँग कुराकानी गर्ने क्रममा ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ नगरेको प्रष्ट पारेका छन् । ‘म ‘छक्का पञ्जा’ टिमसँग रिसाएको छैन । हामीबीच अहिले सुमधुर सम्बन्ध छ । भविष्यमा हामी फेरि सहकार्य गर्न सक्छौं,’ उनले भने, ‘रिसको झोंकमा यो फिल्म गरेको होइन । म कलाकार हुँ र कलाकारिता गरेको हुँ ।’


    पहिलो पटक फिल्म आफ्नै काँधमा बोक्ने जिम्मेवारी पाएकाले यसले आफूलाई जिम्मेवारीबोधसँगै चुनौती महसुस भैरहेको उनको भनाई छ । ‘मैले आफ्नो करिअरमा विभिन्न खालका रोल गरेँ । धेरैपटक सहायक अभिनेताको अवार्ड पाएँ । सौभाग्यबस्, यसपटक फिल्म बोक्ने जिम्मेवारी पाएको छु । त्यो हिसाबले मलाई जिम्मेवारीबोध भएको छ र चुनौती पनि महसुस भएको छ,’ उनी सुनिए ।

    कलाकार नेपाल परीक्षा राम्रो दिएकाले नतिजा पनि राम्रो आउनेमा आशावादी देखिन्छन् । आफूलाई पढाउने मान्छे (निर्देशक डा. कपिल रिजाल) राम्रो पाएकाले परीक्षामा पास हुने उनको विश्वास छ । ‘ह्यारी कि प्यारी’मा निभाएको चरित्र ‘छक्का पञ्जा’ सिरिजमा निर्वाह गरेको भूमिकाभन्दा फरक रहेको उनको दाबी छ । फिल्ममा आफ्नो भूमिका गम्भीर खालको रहेको जितु जिकिर गर्छन् ।

    उनी भन्छन्, ‘मेरो चरित्र ‘ह्यारी कि प्यारी’मा ‘छक्का पञ्जा’ सिरिजमा निभाएकोभन्दा धेरै फरक छ । यसमा अलि गम्भीर प्रकारको भूमिका छ । र, मलाई फरक रुपमै प्रस्तुत गरिएको छ । कथाको डिमाण्ड भएकै कारण फिल्ममा म भएको हो । म भएकाले कथा बनेको होइन । मैले निभाएको क्यारेक्टरलाई न्याय गर्न धेरै मिहिनेत गरेको छु । हेर्दा ह्यारीको क्यारेक्टरमा फिट भएको देखिन्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ