शुक्रबार, मंसिर १४ गते २०८१

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो, सन् २०२२ मा जन्मभन्दा मृत्यु धेरै

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो, सन् २०२२ मा जन्मभन्दा मृत्यु धेरै

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो, सन् २०२२ मा जन्मभन्दा मृत्यु धेरै

    चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि सन् १९६१ मा पनि चीनको जनसङ्ख्या घटेको थियो ।

    images

    सन् २०२२ मा चीनको जन्मदर प्रति एक हजार महिलामा ६ दशमलव ७७ जना रहेको छ । यसअघि सन् २०२१ मा जन्मदर प्रति एक हजार महिलामा ७ दशमलव ५२ जना रहेको थियो । एक सन्तान नीतिका कारण चीनको जनसङ्ख्या वृद्धिद्धर वर्षौँदेखि घटिरहेको छ ।


    जनसङ्ख्या घट्दै गएपछि चीन सरकारले सात वर्ष अघि एक सन्तान नीति खारेज गरेको थियो । तर एक सन्तान नीति खारेज गरेको सात वर्षपछि जनसङ्ख्या नकरात्मकतर्फ गएको छ । यस्तै सन् २०२२ मा मृत्युदर पनि अहिलेसम्मकै धेरै भएको छ । यसअघि सन् १९७६ मा सबैभन्दा धेरै सात दशमलव ३१ प्रति एक हजार मानिसको मृत्यु भएकोमा गएको वर्ष प्रति एक हजार जनामा सात दशमलव ३७ जनाको मृत्यु भएको छ ।

    सन् २०२२ मा चीनमा जन्मभन्दा मृत्यु धेरै भएको छ । चीनमा यसअघिको सरकारी तथ्याङ्कले जनसाङ्ख्यिकीय सङ्कटको घोषणा गरेको थियो । जनसङ्ख्या घट्नुले चीनको श्रमशक्तिलाई सङ्कुचित बनाउनुको साथै स्वास्थ्य सेवा र अरु सामाजिक सुरक्षा लागतहरूमा भार बढाउनेछ ।

    घट्दो जन्मदरका कारण एसियाका अरु विकसित देशहरु दक्षिण कोरिया र जापानको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ । चीनमा पनि यही अवस्था आउन सक्ने त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार