आइतबार, जेठ ६ गते २०८१

‘फर्जी’ : बसन्तपुरमा विजय र केके मेननको भागदौड

‘फर्जी’ : बसन्तपुरमा विजय र केके मेननको भागदौड

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • ‘फर्जी’ : बसन्तपुरमा विजय र केके मेननको भागदौड
     

    २०७८ सालमा काठमाडौंको बसन्तपुर दरवार स्क्वायर क्षेत्र र एयरपोर्टमा ‘फेक’ नामक वेब सिरिजको करिब चार दिनसम्म सुटिङ भएको थियो । सिरिजको नेपाल छायांकनका लागि साउथ सुपरस्टार विजय सेतुपति, बलिउड अभिनेता केके मेननसहितको टिम आएको थियो । अब यो सिरिजको नाम परिवर्तन गर्दै ‘फर्जी’ राखिएको छ, जुन फेब्रअरी १० मा प्राइभ भिडियोमा रिलिज हुँदैछ ।

    images

    यस सिरिजमा शाहिद कपूरको पनि प्रमुख भूमिका छ । नेपालमा दृश्य नभएकाले उनी भने आएका थिएनन् । राशी खन्ना, जाकिर हुसेन, भुवन अरोरा, अमोल पालेकर, रेजिना क्यासेन्द्राको पनि सिरिजमा मुख्य भूमिका छ । यसै साता सिरिजको ट्रेलर सार्वजनिक भएको थियो, जसमा नेपालका दृश्यलाई खासै स्थान दिइएको थिएन । राखिएका पनि नेपालको दृश्य हो भन्ने ठम्याउन गाह्रो पर्छ ।

    सोमबार प्राइभ भिडियोले विजय सेतुपतिको चरित्र चित्रण गर्ने तेलुगू भाषामा एक भिडियो युट्युबमा सार्वजनिक गरेको छ । जसमा भने चिन्न सकिने गरी नेपालका दृश्य छन् । भिडियोमा केके मेनन श्री एयरलाइन्सबाट झर्दै गरेको, विजय र केके बसन्तपुर क्षेत्रमा भागदौड गरिरहेको, बुलेटप्रुफ ज्याकेटमा विजयले नेपाल प्रहरीको भ्यान चढेर काठमाडौंमा कसैलाई खोजिरहेको देख्न सकिन्छ ।

    यो सिरिजको नेपाल लाइन प्रोड्युसर थ्री ह्विलर्सका सुरज आचार्य हुन् । उनले नै नेपालमा सिरिज छायांकनको सम्पूर्ण व्यवस्थापन गरेका थिए । नेपालमा निर्माण टिमले नेपाली डेढ करोड बढी खर्च गरेको छायांकनको समयमा सुरज आचार्यले फिल्मीखबरलाई जानकारी गराएका थिए । राज एण्ड डिकेद्वारा निर्देशित ‘फर्जी’ वेब सिरिजमा नेपालका केही फाइटरहरुले पनि काम गरेका छन् ।

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार