शुक्रबार, मंसिर १४ गते २०८१

रूसी आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

रूसी आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • रूसी आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

    एजेन्सी । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव धमाधम फेला पर्न थालेको छ । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो । उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप शव फेला परेको हो । आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेको छ ।

    images


    युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दावी गर्दै आएको छ । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको छ ।

    यसैबीच रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसको रक्षा मन्त्रालयले बेलारुस सधै रुसको साथमा रहने स्पष्ट पारेको छ । मन्त्रालयले बेलारुस रुसको एयरफिल्डमा सहभागी हुने समेत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार