मंगलबार, मंसिर ११ गते २०८१

विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने

विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने

    काठमाडौं । गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको भिनोलिभा रेस्टुरेन्टमा शुक्रवार सम्पन्न भएको हो । साधारणसभामा अहिलेसम्मको आय ब्यय विवरण पेश गर्नुको साथै बहुमत सेयर सदस्यहरुवाट पाससमेत भएको छ । विकास हाईड्रो पावरले अबको केही दिनमा नै आफ्नो उत्पादन शुरू गर्ने हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।

    images

    गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको हाईड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानले बताए । साधारणसभामा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले स्वागत मन्तब्य गर्दै हालसम्म साथ दिने र उपस्थित सबै सेयर सदस्यलाई धन्यवाद ब्यक्त गरे । उक्त हाईड्रोको अध्यक्षमा न्यौपाने,प्रवन्ध निर्देशकमा घिमिरे र निर्देशकहरुमा सरोज धिताल,जोन घले , इन्द्र बहादुर ढकाल,सुनिल श्रेष्ठ रहेका छन । उक्त कार्यक्रममा संचालक समितिले हाइड्रोका विविध बिषयमा प्रकास पारेका थिए । उक्त हाइड्रो ४.५५ मेगावाटको रहेको छ । उक्त हाइड्रो सम्पन्न गरेसङ्गै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले बताए ।

    उक्त कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको आ.ब. २०७८\०७९ को वार्षिक प्रतिवदेन उपर छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ अषाढ मसान्तको वासलात, २०७८ श्रावण १ गते देखि २०७९ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरिएको थियो । यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८\७९ को लागि लेखापरिक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गरि निजको पारिश्रमिकसमेत तोकिएको छ भने आ।व। ०७८\०७९ को हालसम्मको कार्य प्रगति प्रतिवेदन सम्बन्धमा पनि छलफल गरिएको थियो । उक्त साधारण सभाले खरिद सम्झौताहरुलाई अनुमोदन समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार