बिहीबार , असोज ३ गते २०८१

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    images

    २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।


    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ