बिहीबार , असोज ३ गते २०८१

सुनको भाउ प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुग्यो

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • सुनको भाउ प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुग्यो

    नेपाली बजारमा चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।  आइतबार प्रतितोला ११ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ