आइतबार, जेठ ६ गते २०८१

अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि

अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि

    काठमाडौं । अमेरिकाकीआर बोनी गेब्रियलले ७१ औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । उनलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराएकी हुन् । फेसन डिजाइनर समेत रहेकी २८ वर्षीया ग्राबियल ह्युस्टन, टेक्ससकी बासिन्दा हुन् ।

    images


    फस्ट र सेकेन्ड रनरअप क्रमश भेनेजुएलाकी अमान्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भएका थिए । यो प्रतियोगिता अमेरिकाको न्यु अर्लिन्स शहरमा भएको थियो ।

    यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरुको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिएकी थिइन् । भुजेलले अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार