मंगलबार, मंसिर ११ गते २०८१

पोखराले भोगेको भयानक दुर्घटना

पोखराले भोगेको भयानक दुर्घटना

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • पोखराले भोगेको भयानक दुर्घटना

    पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भयो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।

    images


    ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो ।

    b.jpg
    undefined

    स्थानीय बासिन्दा र सर्वसाधारणको ठूलो समूह विमान दुर्घटना भएको क्षेत्रमा हेर्न पुगेको थियो । भीडका कारण एम्बुलेन्स, वारुणयन्त्र आउजाउमै समस्या भएको थियो । अत्यधिक भीड हुँदा फोन नेटवर्कमा समेत समस्या आएको थियो ।

    c.jpg
    undefined


    उद्धार तथा यात्रु खोजी गर्न समस्या उत्पन्न भएपछि क्रेनको प्रयोग गरिएको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६८ जनाको शव फेला परेको छ भने बाँकी ४ जनाको खोजी कार्य जारी छ ।

    d.jpg
    undefined

    उद्धार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान हुन सकेको छ । पहिचान नभएका बाँकी शवको डिएनए परीक्षणका लागि सोमबार काठमाडौं लगिने कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।

    e.jpg
    undefined

    प्रतिष्ठानको शवगृह अघिको वातावरण आइतबार शोकमग्न बनेको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको शव पर्खेर आफन्तहरु भावविह्वल थिए ।

    f.jpg
    undefined
    g.jpg
    undefined
    h.jpg
    undefined
    i.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार