आइतबार, जेठ ६ गते २०८१

अरु बेला भीडामभीड, ‘पठान’देखि भागाभाग

अरु बेला भीडामभीड, ‘पठान’देखि भागाभाग

अखबार दैनिक
शुक्रबार, पुस २९ २०७९
  • अरु बेला भीडामभीड, ‘पठान’देखि भागाभाग

    एनलग सिस्टम अर्थात् रिलबाट फिल्म खिचिने युगमा नेपाली फिल्म कम निर्माण हुन्थे र प्रायःले एकल प्रदर्शन पाउँथे । डिजिटल युगको सुरुवातसँगै फिल्म निर्माणमा आएको बाढीले अचेल नेपाली फिल्मका लागि एकल प्रदर्शन दुर्लभ जस्तै बनेको छ । यद्यपि, प्रतिष्ठित ब्यानर र स्टार कलाकारका फिल्मले भने प्रायः सोलो रिलिजको मौका पाइरहेकै हुन्छन् । तर, यो संख्या ज्यादै न्यून हुन्छ ।

    images

    कोरोनाले थिलथिलो बनेको फिल्म क्षेत्र यतिबेला तंग्रिन खोज्दैछ । गएको ७/८ महिनाको अवधिमा नेपाली फिल्मले हासिल गरेको सफलता हेर्दा निराश हुने ठाउँ छैन । तर, कोभिडपछि पनि नेपाली फिल्मबीच भिडन्तको श्रृंखला भने यथावत् छ । भोलि शुक्रबार दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ लाग्दैछन् । आगामी फागुन महिनामा पनि ठूला नेपाली फिल्मबीच महायुद्ध हुँदैछ ।

    घरेलू फिल्मसँग भिड्न विशाल मुटु देखाउने नेपाली निर्माताहरु विदेशी फिल्मदेखि भने सधैं भागाभाग हुने गर्छन् । यही जनवरी २५ मा बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘पठान’ प्रदर्शनमा आउँदैछ । तर, योसँग भिड्न कुनै नेपाली फिल्म छैनन् । बुधबार नै प्रदर्शन हुन लागेको यो फिल्मको एक हप्ता अगाडि पनि नेपाली फिल्म छैनन् । यो नेपाली निर्मातामा ‘पठान’को डर हो ।

    ‘पठान’ रिलिजको भोलिपल्ट सरस्वती पूजाको विदा छ । अरु बेला सरस्वती पूजाको विदामा फिल्म रिलिज गर्न हानाथाप हुन्थ्यो । तर, यसपाली शाहरुखका लागि माया मारिएको छ । लकडाउनपछि बलिउडका एकसेएक फिल्म डुबेका छन् । ‘पठान’ अपबाद भन्यो भने फरक कुरा हो । तर, यो वर्ष ठूला विदेशी फिल्मसँग जुधेर पनि नेपाली फिल्मले राम्रो नतिजा निकालेका उदाहरण छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार