आइतबार, जेठ ६ गते २०८१

साम्राज्ञी र साराबीच बक्सअफिस प्रतिस्पर्धा

साम्राज्ञी र साराबीच बक्सअफिस प्रतिस्पर्धा

अखबार दैनिक
शुक्रबार, पुस २९ २०७९
  • साम्राज्ञी र साराबीच बक्सअफिस प्रतिस्पर्धा

    नेपाली फिल्मका दुई सम्भावना बोकेका अभिनेत्रीद्वय साम्राज्ञी आरएल शाह र सारा सिर्पाली पहिलो पटक बक्सअफिसमा आमने-सामने भएका छन् । शुक्रबारबाट उनीहरु अभिनीत दुई फिल्म एकसाथ प्रदर्शनमा आएको छ । साम्राज्ञीको करिब २ वर्षपछिको कमब्याक फिल्म ‘तिम्रो मेरो साथ’ र साराको करिब ३ वर्षपछिको कमब्याक फिल्म ‘गुञ्जन’ले प्रदर्शन यात्राको थालनी गरेका हुन् ।

    images

    दुवै फिल्मलाई मल्टीप्लेक्सहरुले लगभग बराबर शो बाँडफाँड गरेका छन् भने सिंगल थिएटर पनि दुवैको हिस्सामा बराबर नै परेको छ । दुई साउथ फिल्म ‘वौरतेर वीरैया’ र ‘वारिसु’ पनि शुक्रबारबाट नेपालमा प्रदर्शन हुने तयारीमा थिए । तर, सेन्सर सिफारिसका लागि ढिलाई हुँदा दुवै फिल्म नेपालमा रिलिज हुन सकेनन् । जसले गर्दा दुई नेपाली फिल्मलाई केही हदसम्म राहत मिलेको छ ।

    मंसिरयता चिसिएको नेपाली फिल्मको व्यापार ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ले लयमा फर्काउने आश गरिएको छ । तर, मल्टीप्लेक्समा बुकिङ हेर्दा उत्साहित हुने अवस्था देखिँदैन । तथापि, शुक्रबार दिउँसो र शनिबार कुन अनुपातमा दर्शक हल भित्रिन्छन्, त्यसबाट बक्सअफिस नतिजा आँकलन गर्न सकिनेछ । दुवैलाई लामो रेसको घोडा बन्न भने सकारात्मक प्रतिक्रियाको आवश्यकता पर्नेछ ।

    रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीका अलावा पुष्प खड्का, सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीको अभिनय छ । त्यस्तै, अष्टमान महर्जनको डेब्यू निर्देशित फिल्म ‘गुञ्जन’मा सारासँगै प्रितमराज सेन्चुरी, कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतानको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार