बिहीबार , असोज ३ गते २०८१

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

अखबार दैनिक
शुक्रबार, पुस २९ २०७९
  • मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

    मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    गत वर्ष भने कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिएको थियो। गत वर्षकाे तुलनामा कम्पनीले लाभांश दर घटाएको हाे। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ