आइतबार, जेठ ६ गते २०८१

अनमोलको ‘छड्के २’मा भिटेनको गीत

अनमोलको ‘छड्के २’मा भिटेनको गीत

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • अनमोलको ‘छड्के २’मा भिटेनको गीत

    र्‍याप गायन ख्याती कमाएका भिटेन (समिर घिसिङ)ले दोस्रो पटक नेपाली फिल्मको गीतमा आवाज भरेका छन् । यसअघि फिल्म ‘सरौतो’को प्रमोसनल गीतमा स्वर दिएका उनले अब अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’का लागि गीत तयार गरेका छन् । बुधबार काठमाडौंमा एक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा उनकै स्वर, शब्द रचना तथा संगीत छ ।

    images

    फिल्ममा भिटेनको गीत कथावाचनको रुपमा रहने निर्माता प्रशान्त गिरीले बताए । गीतको अडियो राम्रो बनेकाले दर्शकले रुचाउने उनको विश्वास छ । भिटेनको गीतले फिल्मको प्रमोशनमा समेत मद्दत गर्ने अपेक्षा निर्माण टिमको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अनमोल ग्याङस्टरको भूमिकामा प्रस्तुत छन् ।

    काभ्रे फिल्म्सको ब्यानरमा मेधा प्रोडक्सन तथा निर्भाना फिल्म स्कुलले सहकार्य गरेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर पनि मुख्य भूमिकामा छन् । चितवन र मुस्ताङमा खिचिएको फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार