बिहीबार , असोज ३ गते २०८१

सुपर मादी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्दै, कति कित्ताका लागि दिने आवेदन?

सुपर मादी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्दै, कति कित्ताका लागि दिने आवेदन?

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • सुपर मादी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्दै, कति कित्ताका लागि दिने आवेदन?

    सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

    images

    कम्पनीले जारी पुँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सोमध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिसकेको छ। 

    यस्तै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गनै लागेको कम्पनीले बताएको छ।

    सो आइपिओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। उक्त आपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ