शुक्रबार, मंसिर १४ गते २०८१

पुटिनले फेरे युक्रेनविरुद्धको लडाइँको सैनिक कमाण्डर

पुटिनले फेरे युक्रेनविरुद्धको लडाइँको सैनिक कमाण्डर

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • पुटिनले फेरे युक्रेनविरुद्धको लडाइँको सैनिक कमाण्डर

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमाण्डरलाई जिम्मेवारीबाट हटाएका छन् ।

    images

    तीन महिना अघिमात्र युक्रेनविरुद्धको सैन्य अभियानको नेतृत्व पाएका सर्गेइ सुरोविकिनलाई जिम्मेवारीबाट पुटिनले हटाएका हुन् । उनको स्थान चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफले लिएको बीबीसीले जनाएको छ । गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा छन् । सोभियतकाल पछि सबैभन्दा लामो समयसम्म चिफ अफ जनरल स्टाफ पदमा रहेको उनी नै हुन् ।

    युक्रेनका केही भूभाग आफ्नो भएको दाबी गर्दा विवाद बढेपछि गत वर्ष २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार